
काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिए ।भूकम्पको धक्का काठमाडौं उपत्यका साथै आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।

