ट्याक्टर दुर्घटनाबाट अर्घाखाँचीको छत्रदेबमा एक जनाको मृत्यु!!

Deurali Darshan Media
Deurali Darshan Media 22 Views 1 Min Read

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

हिंजो साँझ करिब ६ बजेतिर भएको दुर्घटनामा परि जिल्लाको पाणिनी गाउँपालिका घर भइ सहचालकोरुपमा रहेका२० बर्षिय थम्मन कुमालको मृत्यु भएको हो ।

बारी जोतेर फर्कने क्रममा ट्याक्टर बारीको ढिक बाट लगभग २० मिटर जति तल खसेको इलाका प्रहरी कार्यालय खनका प्रहरी निरिक्षक इश्वरी अधिकारिले जानकारी दिनु भएको छ ।

उक्त टयक्ट्र्मा चालक सहित ३ जना सबार रहेको थिए ।ट्याक्टरमा रहेका अर्का एक जना सामान्य उपचार पछि घर फर्किएका छन ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लीएको खबर प्राप्त भएको छ।
यसरी जोत्ने समयमा बर्सेनि अर्घाखाँची जिल्लामा टयकटर दुर्घटना बाट ज्यान गुमाउने संख्या बढ्दो क्रममा छ!!