आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण

Deurali Darshan Media
Deurali Darshan Media 25 Views 2 Min Read

सुदीप ज्ञवाली । बुटवल। लाएन्स क्लव अफ बुटवफ भिरकुटि पेराडाइस  द्वारा तिनाउ गाउपालिका ५ चरचरेस्थित चरचरे प्राथमिक विद्यालयमा महत्त्वपूर्ण कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

साेहि कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अध्यक्षद्वारा लाएन्स क्लव अफ बुटवफ भिरकुटि पेराडाइस काे लाेगाे सहितकाे service jacket lounch गरिएकाे थियाे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग तथा स्टेशनरी वितरण गर्नुका साथै पूर्णरूपमा अपांगता रहनु भएकाे व्यक्तिलाई आर्थिक सहयाेग तथा पूर्ण अपांगता रहेका व्यक्ति बिनाेद खड्काकाे जन्मदिनकाे शुभ अवसरमा केक काटेर जन्मदिनकाे कार्यक्रम गरिएकाे थियाे । अार्थिक विपन्न तथा पिछडिँएका बालबालिकाहरूलाई सहयाेग गर्ने उद्देश्यले उक्त विद्यालयमा सहयाेग कार्यक्रम गरिएकाे हाे ।

प्रमुख अतिथि 325 P zone chair person तथा क्लबकाे extention chair person लायन अमृता कार्की पाैडेल, बिशिस्ट अतिथि तिनाउ गाउपालिका वडा नं ५ का जनप्रतिनिधि मान बहादुर दर्लामी, अतिथिहरू चरचरे प्राविका व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर राष्काेटी साथै साेहि विद्यालयकाे प्राध्यापक गंगा पंगेनी र विद्यालयकाे अविभावककाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।

कार्यक्रम क्लबकाे काेषाध्यक्ष गंगा लिम्बू संयाेजकत्वमा गरिएकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता क्लबकाे अध्यक्ष सुमित्रा टण्डनले गर्नुभएकाे थियाे साथै कार्यक्रम सञ्चालन क्लबकी सचिव सुनिता न्याैपानेले गर्नुभएकाे थियाे । क्लबकाे राष्ट्रिय झण्डाकाे अभिवादन क्लबकाे डाईरेक्टर सरस्वती रानाले गर्नुभएकाे थियाे ।

कार्यक्रममा क्लबकाे सदस्य मन्जु थापाले स्वागत मन्तव्य दिनुभएकाे थियाे ।साे कार्यक्रमकाे समापन क्लबकी अध्यक्ष सुमित्रा टण्डनले विधिवतरूपमा समापन गर्नुका साथसाथै विद्यालयकी प्राचार्य गंगा पंगेनी म्यामले मिठाे चिया नास्ता खुवाउनु भई केहि समय नाचगान गरि रमाईलाे गरेर फर्किएका थियाैं ।
धन्यवाद लायनवाद ।