सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

Deurali Darshan Media
Deurali Darshan Media 10 Views 1 Min Read

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका -६ निवासी ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका -६ की ४० वर्षीया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको तुलसीपुरदेखि सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस आज दिउँसो राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका -३, मूलपानीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । घाइतेलाई प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ । प्रहरी प्रमुख कार्कीका अनुसार गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको थियो ।