गुल्मीमा बसाइसराईले गाउँ रितिदै

Deurali Darshan Media
Deurali Darshan Media 17 Views 2 Min Read

गल्मी : गुल्मीमा पछिल्लो समय गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर खोज्दै पहाडका दुर्गम बस्तीबाट शहर छिर्नेको संख्या दैनिक बढ्दो छ। कुनै बेला हराबरा र मानिसको आवाजले गुन्जायमान बन्ने गाउँबस्ती यतिबेला सुनसानजस्तै छ।

दुर्गमका केही बस्तीमा चराचुरुङ्गीको आवाज सुन्नु र बाँझो जमिन हेर्नुबाहेक अरु केही देखिँदैन। गाउँठाउँका घरमा ताल्चा लागेका छन। अन्नबाली, हली र खेतालाले भरिभराउ हुने खेतबारी बाँझिएका छन्।

यो समस्या देशका दुर्गम बस्तीमा देखिएको छ। यस्तो समस्या देख्नु र भोग्नुको कारण हो बढ्दो बसाइँसराइ।  गुणस्तरिय स्वास्थ्य शिक्षा र रोजगारीको विभिन्न बाहाना बनाएर मानिसहरु ग्रामिण भेगबाट शहर छिरिरहेका छन्। ग्रामिण क्षेत्रमा बसाइँसराई रोक्न स्थानीय सरकारले विभिन्न खालका कार्यक्रम सञ्चालन गरिरहेका छन्। सरकारले गरेको लगानी अनुरुपको प्रतिफल खासै देखिन्न। तर, गुल्मीमा गत आर्थिक बर्षको सरकारी तथ्यांकअनुसार बसाइँसराइमा केहि कमी देखिएको छ।

जिल्ला समन्वय समिति गुल्मीले पहिलो पटक एकीकृत सूचना प्रणलीको सुरुवात गरेको छ। जसले आफ्नो कार्यक्षेत्र र कानुनी सीमाभित्र रहेर स्थानीय तहले गरेका कार्यको एकीकृत विवरण तयार पारिरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहले दिएको विवरण अनुसार विगतको तुलनमा बसाईसराईमा केही कमी देखिएको छ। दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा वर्षेनि झण्डै तीन हजारले बसाइसारई गरेर बाहिर जाने गरका छन्।

जिल्ला समन्वय समिति गुल्मीले सोमबार पत्रकार सम्मेलनमार्फतदिएको सरकारी तथ्यांकअनुसार विगतका वर्षको तुलनमा केही घटेको छ। आर्थिक वर्ष २०७९/०८० मा रेसुङ्गा नगरपालिकामा ३ सय ९७ जना,मुसिकोट नगरपालिकाबाट ८ सय ६९ जना बसाइँसारई गरेका छन्।

त्यस्तै गाउँपालिका अन्तर्गत  कालीगण्डकीमा १ सय ८६ जना, सत्यवतीमा २ सय ४५ जना, चन्द्रकोट १ सय ५९ जना, रुरुक्षेत्रमा १ सय ३५ जनाले गाउँ छोडेका छन्। त्यस्तै छत्रकोट गाउँपालिकामा २ सय ५६ जना, गुल्मीदरबारमा १ सय २८ जना, धुर्कोटमा १ सय २१ जना, इस्मामा १ सय १५ जना, मालिका १ सय ८ जना र मदानेमा १ सय २४ जना बसाइँसराइ गरेरको तथ्याङकमा उल्लेख छ।

मानिसहरुले आफ्नो छोरा छोरीको पढाई, राजेगारीको बाहाना बनाएर सुख सुविधा खोज्दै शहर छिरिरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताए। प्रमुख खत्रीका अनुसार गाउँघरमा बसेर यो मंगीको समयमा गुजारा चलाउन मुस्किल,बालीनालीमा वन्यजन्तुको हैरानी लगायतका थुप्रै कारणले बसाइसराई भएको छ । साेत :- अन्नपुर्ण पाेष्ट डटकमबाट