तीनमध्ये दुई छोरा र छाेरीमा क्यान्सर साथै ब्रेन ट्युमर, परिवारद्धारा सहयोगको याचना

Deurali Darshan Media
Deurali Darshan Media 6 Views 2 Min Read

निराज रानाभाट, काठमाडौं । खोटाङको खोटेह्याङ गाउँपालिका -४, थामखर्कका २१ महिनाका आयुष परियार जन्मिएको एक्काइसौ महिना नपुग्दै क्यान्सर रोग देखा पयो ।

राजधानी काठमाडौंको महाजगञ्जस्थित त्रि.वि शिक्षण अस्पतालमा उनको उपचार पुरा नहुँदै उनकी दिदी १३ वर्षीया आयुषा परियारको पनि एक्कासी स्वास्थ्यमा समस्या देखियो र उपचारको लागि त्रि.वि शिक्षण अस्पतालमा ल्याउदा ब्रेन ट्युमर भएको थाहा भयो । ऋणको भरमा भाइको उपचार गराइरहेको समयमा दिदीको पनि गम्भीर रोग लाग्दा परियार परिवार समस्यामा परेको छ । आयुष र आयुषाका बुबा वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा भएता पनि उनको भने जस्तो काम नपाएकोले हातमुख जोड्नै मुस्किल परेको छ ।

गाउँमा पाखो बारी, कमाउन गएको श्रीमानको र घरको अवस्था नाजुक रहेको, अन्य आम्दानीको श्रोत पनि नभएको र ऋण माग्ने अवस्था पनि नरहेकोले सहयोग माग्न बाध्य भएको आमा उर्मिला परियारले बताइन् । अहिलेसम्म आयुषको उपचारमा मात्रै ८ लाख भन्दा धेरै खर्च भएको र आयुषाको उपचारको लागि पनि १ लाखको जति खर्च भइसकेको छ । बिहान र बेलुकाको खाना त्रि.वि शिक्षण अस्पतालमा रहेको क्यान्टिल सञ्चालक गुल्मीका विष्णु थापाले खुवाइरहेका छन, भने औषधी खरिदको र अन्य खर्चको लागि निकै अप्ठ्यारो अवस्थामा रहेको छ । अहिलेसम्म आयुष र आयषाको उपचारको लागि कतैबाट सहयोग प्राप्त भएको छैन ।

सहयोगको लागि ;
बैंक खातावालाको नाम : उर्मिला परियार बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
खाता नम्बर : ११५०१०००४५५९१०१०
सम्पर्क नम्बर : ९८४२९७२२५१