
निराज रानाभाट, काठमाडौं । विशाल मूभिज प्रा. लि. को आयोजनामा संचालित ‘ विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८० ’ मा सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड लोकप्रिय गायक कृष्ण रानभाटले हात पारेका छन । राजधानी काठमाडौंको अनामनगरमा सम्पन्न उक्त कार्यक्रममा टप ५ प्रतिस्प्रधीलाई पछाडि पार्दै सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड हात पारेका हुन् ।
लोकप्रिय गायिका लक्ष्मी न्यौपानेको हातबाट रानाभाटले अवार्ड तथा प्रमाण – पत्र प्राप्त गरेका हुन् । वि.सं. २०६९ सालमा मदनपोखरा विशाल लोकतारा विजेता रानाभाटले करिब २ दर्जन गीत बजारमा प्रस्तुत गरेका छन् । व्यवस्थान संकायमा स्नाकोत्तर उतिर्ण तथा कानुन संकायमा एल एल बि उतिर्ण रानाभाटलाई शिक्षित कलाकारको रूपमा लिने गरिन्छ ।

