हेटौडामा खुल्यो ‘ हेटौंडा केक जोन ’

Deurali Darshan Media
Deurali Darshan Media 10 Views 1 Min Read

मकवानपुर । पछिल्लो समय बेकरीको निकै माग बढ्दै गइरहेको छ । जन्मदिन होस् वा हरेक सानो तथा ठूलो खुसीमा केक अनिवार्य भइसकेको छ । यहीँ मागलाई ध्यानमा राखी मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१३, पदमपोखरी चोकमा ‘ हेटौंडा केक जोन ’ संचालनमा ल्याङएको अध्यक्ष कल्पना पाख्रीनले बताइन् ।

अबको दिनमा हेटौंडाको चर्को गर्मीमा केक, पेस्ट्री तथा बेकरीका सम्पूर्ण सामाग्री यहीँबाट होम डेलिभरी सहित उपलब्ध हुने पाख्रीनले जानकारी गराइन् । विगत लामो समयदेखि बेकरीको अनुभव बटुल्दै आएका संचालक विरेन्द्र पाख्रीनले अब पोखरा तथा काठमाडौं जस्तै स्वाद र स्तरीय सामग्री पस्कन आफू प्रतिबद्ध रहेको बताए ।

बेकरी व्यवसायबाट शुरुवातमा आफू स्वरोजगार बनीपछि थुप्रै युवालाई रोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको उनले बताए । पछिल्लो समय कोभिडको माहामरी पश्चात् बिग्रदो अर्थतन्त्रले दिनहु वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो छ, तर यस्ता प्रकारका स्वदेशमै स्वरोजगार बन्दै रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका यिनी साच्चै एक उदाहरण बन्न सक्छन् ।

सरकारले पछिल्लो समय व्यवसाय प्रति कुनै चासो नदिदाँ अहिले व्यवसायहरु पलायन हुने अवस्थामा छन् , सरकारले यस्ता पुराना व्यवसायको संरक्षण र नयाँलाई प्रोत्साहन गरेमा व्यवसायी टिकाउ र देशको अर्थतन्त्रमा सुधार आउने देखिन्छ ।