भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण

Deurali Darshan Media
Deurali Darshan Media 15 Views 1 Min Read

बुटवल :- सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ भृकुटी प्याराडाईजले भदाै १३ गते बुधबारका दिन क्यान्सर पिडितलाई आर्थिक सहयाेग गरेकाे छ ।

क्लबकी थर्ड भिपि तुलसा पराजुलीकाे छाेरीकाे जन्मदिनकाे अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पिएमजेएफ लायन अर्जुनमान सैंजु र क्लबकाे अध्यक्ष सुमित्रा टण्डनकाे हातबाट देविनगर बसाेबास गर्दै अाउनु भएकी क्यान्सर पिडित हिरा कार्कीकाे अविभावलाई आर्थिक सहयाेग हस्तान्तरण गरिएकाे हाे ।

विशेष अतिथि जिएसटि लायन राधिका भुसाल, एरिया सेक्रेटरि लायन डा. शान्ता शर्मा, रिजन चेयरपर्शन लायन दिपक श्रेष्ठ, जाेन चेयरपर्शन तथा क्लबकाे एक्सटेन्सन चेयरपर्शन लायन अमृता कार्की पाैडेल लगायतकाे उपस्थितिमा भएकाे कार्यक्रमकाे संयाेजक क्लबकाे थर्ड भिपि तुलसा पराजुली रहनु भएकाे थियाे ।

क्लबकी अध्यक्ष सुमित्रा टण्डनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबकाे सचिव सुनिता न्याैपानेले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने झण्डाकाे अभिवादन क्लबकाे डाईरेक्टर सरस्वती रानाले गर्नुभएकाे थियाे ।


कार्यक्रममा प्रमुख अतिथि लायन अर्जुनमान सैजुले सामाजिक सेवा गर्दै अगाडि बढ्न र क्लबले गर्नुपर्ने कार्ययाेजनाहरूबारे सल्लाह सुझाव दिनुहुदै बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे भने लायन राधिका भुसालले क्लब सञ्चालनकाे लागि सधै सहयोग र सल्लाह दिन तयार रहेकाे बताउनुभएकाे थियाे ।यस्तै कार्यक्रमकाे समापन अध्यक्ष सुमित्रा टण्डनले धन्यबाद दिदै गर्नु भएकाे थियाे ।