योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 8 Views 3 Min Read

रुपन्देहि:- योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको नियमित बैठक आज एक कार्यक्रमका बिच भैरहवामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रुपेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिद्धार्थनगर नगरपालिकाको नगर संयोजकमा उर्मिला यादव यात्रीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरीएको छ । यस्तै गरी आज बसेको बैठकले बिभिन्न बिषयमा छलफल गर्दै योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको कार्यक्रम लगायत बिबिध बिषयमा मासिक बैठक महिनाको पहिलो शुक्रबार गर्ने निर्णय गरेको छ ।

बैठकमा योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीका उपाध्यक्ष भरत पौडेल, सचिव सुर्य पौडेल, सहसचिव समिक्षा डोटेल, संस्थाका कोषाध्यक्ष प्रवेश कुमार कर्ण , मोहम्मद आयुब, फुल चन्द्र लोध, उर्मिला यादव यात्री, सर्बेन्दर यादव लगायतको सहभागितामा बैठक सम्पन्न भएको उर्मिला यादवले जानकारी दिइन ।

योगदान राष्ट्रको लागी संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धि तालिम दिई देशमा आईपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालीन अवस्थाका लागि जनशक्तिको विकास गरि स्वतन्त्र स्वयंसेवक खडा गरेर आवस्यक परेको बेला सामाजमा योगदान दिने, सरसफाइ, जनचेतना लगायत विभिन्न सामाजिक कार्यहरुमा अग्रसर सामाजिक मुनाफा रहित जनहितकारी संस्था हो ।

मानव जीवनमा आईपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट बच्ने र बचाउने, आकस्मिक अवस्थामा कसैलाई अस्पताल लानु परेमा त्यस जटिल अवस्थामा बिरामीलाई अकालमा मृत्यु वरण गर्नबाट जोगाउने जस्ता अति आवस्यक जानकारी प्रवाह गर्ने उदेश्यले यो संस्था गठित गरिएको हो।

संस्थाले देशका ७७ वटै जिल्लामा समिती गठन गरि हरेक स्थानिय निकाय र सम्बन्धि सरोकार निकायसङ्ग समन्वय गरि वडाहरु र पालिकाहरु समेत समिती गठन गरि हरेक गाउँ टोलसम्म प्राथमिक उपचार सम्बन्धि आधारित भुत ज्ञान, सीप सिकाईको बिकास गराउदै समाजमा हुन सक्ने दैवी प्रकोप, घटना, दुर्घटना र सो को क्षतिबाट जोगाउन प्रयत्नशील रहने संकल्प सहित अगाडि बढेको संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष ओम उप्रेती रहेका छन।

हाम्रो देशका अधिकांश बस्तिमा आधारितभुत स्वास्थ सेवा पुग्न नसक्नु,अधिकांश बस्तीहरुमा प्राथमिक उपचार र स्वास्थ्य चेतनाको कमिरहेको तथ्यलाई मध्यनजर गर्दै युएइमा रहेको Discovery Royal Sports LLC कम्पनीका प्रवन्धक निर्देशक, Dubai Corporation For Ambulance Services प्रशिक्षक तथा प्राथमिक उपचार तालिम सम्बन्धि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लण्डनमा मुख्यालय रहेको हाइफिलबाट अन्तर्राष्ट्रिय तालिम लिएका ओम उप्रेतीद्वारा २०७४ चैत्र १ गतेबाट यो अभियान शुरु भएको हो।

निशुक्ल प्राथामिक उपचार तालिम अभियान, विदेशमा सिकेको सीप रज्ञानलाई नेपाल र नेपालीहरुलाई समर्पित गर्न सामाजिक सेवाभावले संचालित यो अभियान एक घर एक प्राथमिक उपचार लक्ष्यका साथ देशका ७७ वटै जिल्ला पुर्याउने लक्ष्य लिएका संस्थाका केन्द्रिय अध्यक्ष उप्रेतीले यसै अभियानमा निहित रहेर बेहोस हुने(Faunt), छारे रोग(Seizure), अंग भङ्ग भएमा(Frature), घाटिमा अड्केमा(Choking), करेन्ट लागेमा(Electric Shock), सर्पको टोकाई(Snake Bite), रक्तस्राव(Bleeding), आगोले पोलेमा(Burn), विष सेवन गरेमा(Poision), हृदयघात(Heart Attack), किराको टोकाई(Insect Bite), दम(Asthama), लुरगर्मी लागेमा(Heart Stroke), नाकबाट रगत आउने(Nose Bleeding), श्वास प्रस्वास त रक्तसञ्चार प्रणाली(CRP), लेक लागेमा(Altitide Sickness), अघात(Shock), पानीमा डुबेमा(Drowing), Automatic External Defibrillators, Oxygen लगायत विषयमा प्राथमिक उपचार तालिम प्रशिक्षण दिदै आएका छन।