तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद

Deurali Darshan Media
Deurali Darshan Media 24 Views 1 Min Read

कपिलबस्तु ।भारतबाट अर्घाखाँची लगिदै गरेको ६४ बोरा चिनी प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा भारतबाट तस्करी गरी लगिदै गरेकाे ६४ बोरा चिनी कपिलबस्तु प्रहरीले बरामद गरेको छ ।

बुद्धभूमि नगरपालिका–१०, रामघाट पुलनजिकै रोकिइराखेको ट्रक चेक गर्दा ट्रकको अगाडि रातो नम्बर प्लेटमा लु १ क ५४५२ र पछाडि कालो नम्बर प्लेटमा लु २ ख ५४८६ नम्बरको प्लेट फेला पारेको थियो ।

बरामद ६४ बोरा चिनी र मिनी ट्रकसहित नियन्त्रणमा लिई बसुठौली भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।