बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता

Deurali Darshan Media
Deurali Darshan Media 23 Views 2 Min Read

बुटवल :- बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्।
लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल सनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ।

पारिवारीक श्रोतका अनुसार ढकाल सनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ। आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफुले लगाएका कपडा र आफुलाई अव नखोज्नु भन्ने सन्देश पठाएका थिए।

परिवारिक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार सांझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको पुलमाथी देखिएका थिए। त्यस पछि उनको कुनै सम्पर्क नभएको र कतै नदेखिएको पारिवारीक श्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार आईतवार सांझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको हाम फालेका ब्यक्तिको खोजतलास भई रहेको बताए।

पुलमा रहेका २ जना युवतीहरुले एकजना पुरुष पुलबाट हाम फालेको भनेर गैडाकोट प्रहरीलाई सुचना दिएका रहेछन् उनीहरुले दिएको सुचनाका आधारमा सिसिटीभी फुटेज हेर्दा नारायणगढ तर्फबाट गएका एक पुरुष नदिमा हाम फालेको देखिएको थियो। प्रहरी उपरिक्षक कार्कीले भने।

नदिमा हाम फाल्ने ब्यक्ती ढकाल नै हुन भन्ने प्रमाणीत नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको उनले बताए।

हामी आईतवार सांझ देखि शसस्त्र प्रहरी र गोताखोर सहित नारायणी नदिमा खोजी गरि रहेका छौं तर कुनै ब्यक्ति नदिमा भेटीएका छैनन् कार्कीले भने।

बिभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकाले के कारणले घर छोडेर हिडे भन्ने नखुलेको बताईएको छ। गंगा ढकाल जी ब्यवसायीक र सामाजिक क्षेत्रमा निकै सक्रिय हुनुहुन्थ्यो आर्थिक अवस्था पनि बिग्रेको थिएन तर कसरी यस्तो भयो हामी पनि अचम्म परेका छौं उनी निकट एक औषधी ब्यवसायीले भने।

साभार :- समयचक्र अनलाईन  पत्रिका