सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 393 Views 2 Min Read

बुटवल,सुदीप ज्ञवाली :- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा एक दिने तनाव व्यवस्थापन तथा सकारात्मक दृष्टिकोण सम्बन्धि तालिम सम्पन्न भएको छ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको नियमित कार्यक्रम अन्तर्गतको कार्यक्रम कै रुपमा अहिलेको भागदौडपूर्ण जीवनमा प्रत्येक मानिसमा तनाव हुन्छ। तर, तनाव समस्याको समाधान होइन। तेहि तनावलाई केही हक सम्म कम गर्न उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष ढक बहादुर टण्डन स्वागत मन्तव्य रहेको थियो ।

करिब १५० जनाको सहभागी भएको कार्यक्रममा अंतरराष्ट्रीय प्रशिक्षक लाइफ कोच ऋषि न्यौपाने ले प्रशिक्षण दिनुभएको थियो न्यौपानेले मानिस खुसी हुन र सफल जीवन जिउन सकारात्मक सोच राख्नु पर्ने र मानसिक रुपमा पनि स्वस्थ रहनुपर्ने बताउनुभएको थियो ।

अध्यक्ष उषा खत्री ज्युको अध्यक्षतामा गरिएको कार्यक्रममा ऋषि न्यौपाने प्रमुख अतिथिथ्यता, सैनामैना नगर कार्यपालिका सदस्य सुरज वरालको अतिथियता , सल्लाहकार टिकाराम पन्थी तथा निवर्तमान सल्लाहकार धर्मविर खत्रीको सैजन्य,बुटवल पब्लिक स्कुलको ब्यबस्थापकिय सहयोग सहित कार्यक्रम भएको अध्यक्ष उषा खत्रीले गुल्मी बुलेटिन डट कम सँगको कुराकानिको क्रममा बताउनु भएको थियो ।


कार्यक्रममा पूर्वअध्यक्ष एवं प्रमूख सल्लाहकार हुमनाथ ज्ञवाली ,बुटवल पब्लिक स्कुलका सस्थापक तथा विशिष्ट सल्लाहकार हेमलाल शर्मा , सल्लाहकार गोबिन्द अर्याल , सल्लाहकार कर्ण व. टण्डन, सल्लाहकार हिराधर अर्याल,सल्लाहकार भिमसेन कार्कि , कार्यसमितिका सदस्य, आजिवन सदस्य ,सदस्य हरुको उपस्थिति रहेको थियो। हेमलाल भूषाल लगायतले शुभकामना व्यक्त गर्दै सकारात्मक सोचका साथ अगाडि बढन सके मानिस सफल हुने, बताउनु भएको थियो। सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीको धन्यवादमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सस्थाकी सह-सचिव सुमित्रा टण्डन गर्नुभएको थियो ।