बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण

Deurali Darshan Media
Deurali Darshan Media 15 Views 1 Min Read

बुटवल । ‘लायन्स क्लब अफ भृकुटी प्याराडाईज’ले बिद्यालयका बालबालिकाहरूलाई शैक्षिक साम्रागी वितरण, खाना खुवाउने कार्यक्रम र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।

क्लबले गत ९ गते सुस्त मनस्थिति बाल विद्या मन्दिरमा भव्य कार्यक्रम गरेकाे हो । क्लबकी सुमित्रा टण्डन क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा सचिव सुनिता न्याैपानेले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पिएजेएफ लायन अर्जुनमान सैँजु, विशिष्ठ अतिथि फस्ट भिडिजि पिएमजेएफ लायन पुरूशाेत्तम प्रधान, अतिथि जिएसटि एमजिएफ लायन राधिका भुसाल, साेहि विद्यालयका प्राध्यापक लाेकनाथ भुसाल, एरिया चिफ काेअर्डिनेटर एमजिएफ लायन कल्पना सिवाकोटी, रिजन चेयरपर्शन लायन दिपक श्रेष्ठ, जाेन चेयरपर्शन तथा भृकुटी प्याराडाईजकी एक्सटेन्सन चेयरपर्शन लायन अमृता कार्की पाैडेल, गाईडलाईनर लायन अनामिका घिमिरे, लायन खेम गाैतम, लायन शुभलक्ष्मी श्रेष्ठ, लायन चन्द्रमान श्रेष्ठ लगायत रहेका थिए ।

खाना खुवाउने कार्यक्रम र शैक्षिक साम्रागी वितरणकाे संयाेजक क्लबकाे काेषाध्यक्ष गंगा लिम्बु र बृक्षाराेपण कार्यक्रमकाे संयाेजक सरस्वती रानालाई डिस्ट्रिक गभर्नर पिएजेएफ लायन अर्जुनमान सैँजुले पिन लगाईदिएर सम्मान गरेका थिए।

कार्यक्रममा डिस्ट्रिक गभर्नर पिएजेएफ लायन अर्जुनमान सैँजुले सबैलाई धन्यवाद दिँदै क्लबलाई अगाडि बढाउन महत्वपूर्ण सल्लाह सुझाव दिएका थिए । कार्यक्रमकाे क्रममा साेहि दिन काेषाध्यक्ष गंगा लिम्बुको पर्न गएकाे जन्मदिनकाे अवसरमा केक काटेर जन्मदिनसमेत मनाईएकाे थियाे ।