
दिपक बहादुर वि.क. । विगत ८ वर्षदेखि फरार रहेका वन मुद्दाका १ जना प्रतिवादी आज पक्राउ छन। फैसला कार्यान्वयनको सिलसिलामा प्रहरी चौकी अमरावती कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतको वि.सं. २०७२ साल कार्तिक २८ गतेको आदेशले १८ हजार ४ सय ४० रुपैयाँ जरीवाना तोकी फरार रहेका वन मुद्दाका प्रतिवादी कैलालीकाे जानकी गाउँपालिका -९ बस्ने वर्ष २५ का राजु चौधरीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी कैलाली जिल्ला अदालतमा उपस्थित गराएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

