
निराज रानाभाट, ललितपुर :ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै।
ललितपुरको महालक्ष्मी नगरपालिका -५, टिकाथली ( बुद्ध पार्टी प्यालेस सँगै ) मा २ रोपनी ( ३० आना ) क्षेत्रफलमा व्यवस्थि ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालन हुने भएको छ। महालक्ष्मी नगरपालिकाकै पहिलो र एकमात्रै व्यवस्थित तरकारी बजारमा ७० वटा स्टल तथा सटर रहने छन् । उक्त तरकारी बजारमा आफ्नो गाउँ / घरको ताजा – ताजा तरकारी तथा फलफूल ल्याउने अनि सस्तो मूल्यमा बिक्री गराउने संचालक आदिल महर्जनले दाबी गरेका छन।

‘सस्तोमा उपभोक्ताहरुलाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकहरुको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियाहरुलाई निषेध गर्न तरकारी बजार खोलिएको हो’, संचालक महर्जनले भने। उक्त तरकारी तथा फलफूल बजारमा मौसमी र बेमौसमी तरकारी, फलफूल, दुर्गम गाँउमा उत्पादन हुने गुन्द्रुक, पिठोको स्टलदेखि, जिउँदो माछा र सहकारी संस्था पनि हुने बताइएको छ।
उक्त तरकारी बजारमा आउने उपभोक्ताहरुलाई प्रयाप्त पार्किङको व्यवस्था समेत गरिएको छ। उक्त तरकारी तथा फलफूल बजारमा साउन महिनाकाे स्टल तथा सटरकाे भाडा नि:शुल्क गरिएको संचालक महर्जनले जानकारी दिएका छन ।
साउन ११ गते, बिहीबार, बिहान ०७:०० बजे, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता र नगर उप – प्रमुख लक्ष्मी महर्जनको विशेष आतिथ्यतामा उक्त बजारकाे उद्घाटन गरिने भएको छ ।
