
बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा बुटवलको लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
यी दुई क्लबको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा शनिबार बुटवल- ४ लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा ३०० वटा खयरका विरुवा रोपिएको हो ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पी का डिस्ट्रीक गभर्नर लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यता एवम् क्लब अध्यक्ष लायन बलबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन लियो युवराज बन्जाडेले गरेका थिए ।
लक्ष्मी आदर्श सामुदायिक वन ४-६ का अध्यक्ष सर्वजीत के.सी. विशिस्ट अतिथी रहेको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५पीका जीएसटी कोअर्डिनेटर लायन राधिका भुसाल, डिस्ट्रीक डेपुटी चिफ लायन विष्णु कुँवर, एरिया कोअर्डिनेटर लायन कल्पना सिवाकोटी, एरिया सेक्रेटरी लायन डा. शान्ता शर्मा, एरिया ट्रेजरर लायन किरण ज्ञवाली, रिजन चेयरपर्सन लायन यमकान्त गैरे, जोन चेयरपर्सन लायन कुमार तामाङ, डिस्ट्रीक प्रोग्राम मेम्बर द्वय जेडि वारसी र रोहित भुषाल, लियो क्लब अफ बुटवल सेन्ट्रलका प्रेसिडेन्ट लियो विकास टण्डन, लियो क्लब अफ गुल्मी सालिमेका चार्टर प्रेसिडेन्ट लियो पुजन सापकोटा लगायत क्लबका पदाधिकारी, सदस्य एबम स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको रहेको थियो ।
उत्कृष्ट कार्य गरेको भन्दै प्रमुख अतिथि सैजुले क्लबको सराहना गर्दै क्लब पदाधिकारीहरुलाइ डिस्ट्रीक तथा अन्तर्राष्ट्रिय पिनबाट सम्मान गरेका थिए ।
