सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

Deurali Darshan Media
Deurali Darshan Media 10 Views 1 Min Read

बुटवल:- पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट सबै आर्थिक काराेबारलाई डिजीटल प्रणालीमा लगेको छ ।

दान दक्षिणा दिने भक्तजनलाई समेत अबदेखि डिजिटल बिल दिइनेछ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो । यसका लागि नयाँ सफ्टवेयर खरिद खरिएको छ भने २ स्थानबाट सेवा दिइने जनाइएको छ ।

सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा खरिद गरेबापत रकम भुक्तानीपछि उनलाई कोषाध्यक्ष कुमारी खड्काले डिजिटल बिल हस्तान्तरण गर्दै सेवा प्रारम्भको घोषणा गरिन् ।

मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका साथै विभिन्न सेवा सुविधा लिएबापत मन्दिरलाई उपलब्ध गराउने रकमको बिल अब डिजिटल माध्यमबाट उपलब्ध गराउने ब्यवस्था गरिएको मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष शेरचनले बताए । उनले यसरी डिजिटल प्रविधिको प्रयोगले मन्दिरको आम्दानी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास ब्यक्त गरे ।

मन्दिर बिकास समितिका अध्यक्ष शेरचन, सचिव अरविन्द पाण्डेय, गाेेपाल बस्यालऽसदस्य तोया लम्साल ,बिष्णु पाण्डे लगायतको उपस्थितीमा सेवाको शुभारम्भ गरिएको हो ।

साभार: नागरिक अनलाईन