
नारायणगढ :- चितवनकाे दाशढुंगामा यात्रुवाहक बस सडकबाट खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्।
काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस बिहान सवा ५ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै अनियन्त्रित भई सडकबाट खसेको हो।

करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
पण्डितका अनुसार बसमा चालक सहित ४० यात्रु सवार थिए। घाइते सबैको अवस्था सामान्य छ
