विदेश जान हिडेका १५६ जना बिमानस्थलबाटै फर्काईए बिदेश जान हिडेका १५६ जना बिमानस्थलबाटै फर्काईए

Deurali Darshan Media
Deurali Darshan Media 393 Views 1 Min Read

काठमाडौं । त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालयले बिभिन्न मुलुक जान हिडेका १५६ जनालाई फिर्ता गरेको छ।

भ्रमण र रोजगारीका शिलशिलामा कुवेत लगायतका खाडी मुलुकमा जान लागेका उनीहरुले बिमानस्थलमा पेश गरेको  कागजात शङ्कास्पद देखिएको भन्दै  विमानस्थलबाट फर्काइएको हो।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार असार २५ गते ३७, असार २७ गते १०१ र आज २८ गते १८ जना गरी १५६ जनाको कागजात शंकास्पद र अपुरो भएपछि फर्काइएको हो।

कार्यलयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरूको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर, उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरू देखिएको बताए।

यी कागजातहरू सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्योल हुनेछ।” उनले भने,

यस अघिपनि अध्यागमन कार्यालयले जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो।