नाबालिग बलात्कार आरोपमा परियार पक्राउ

Deurali Darshan Media
Deurali Darshan Media 16 Views 1 Min Read

सुदीप ज्ञवाली ,बुटवल:- बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारले ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले दाबी गरे ।