जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।

Deurali Darshan Media
Deurali Darshan Media 15 Views 2 Min Read

मिलनचोक: कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं:७ द्वारा जानकी गाउँपालिका वडा नं:७ मोतिनगरमा रहेको श्री मोती माध्यमिक बिद्यालय लाई शंखा वितरण गरिएको छ। तराई क्षेत्रमा अध्याधिक गर्मी बढेकाले बालबालिकाहरूको समस्यालाई मध्यनजर गरि उक्त पंखा वितरण गरिएको उक्त वडाका वडा अध्यक्ष कमल महत्तोले जानकारी दिएका छन्।
वडा नं:७ का वडा अध्यक्ष कमल महत्तो आफ्नो वडामा रहेका विभिन्न बिद्यालयमा अनुगन तथा निरिक्षण केही दिन अगाडि गरेका थिए। बिद्यालयका विभिन्न गतिविधिहरूको बारमा थाहाँ पाउनका लागी अध्यक्षले अनुगमन गरे पश्चात् उक्त बिद्यालयमा पंखाको समस्या रहेकाले उनले सहयोग गरेका हुन।

। गर्मि माैसममा पठनपाठन गर्दा कक्षाको पंखा नहुदा समस्या रहेको जस्को लागि पालिका संग समन्वय गरेर पंखा लगाउनका लागि पहल गर्ने उनले प्रतिबद्ता जनाएका थिए।
यसका साथै बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न एक्लै वडा अध्यक्ष व्यवस्थापन समिति तथा प्रधानाध्यापककेले मात्र केही गर्न नसकिने यसका लागि अभिभावक तथा स्वयं बिद्याथिहरू पजि जागरुक हुनु पर्ने उनले जनाएका छन्।
पहिलेको भन्दा शैक्षिक गुणस्तर सुधारक गर्नका लागी आफू पटक-पटक बिद्यालयमा पुग्ने गरेको उनले बताए। पहिलेको भन्दा केही शैक्षिक गुणस्तर सुधारिएको पाएता पनि जति सुधार हुनुपर्ने हो तेति सुधार आउन नसकेको उनले बताए ।
जानकी गाउँपालिका वडा नं. ७ कार्यालय मिलनचोक कैलालीको आर्थिक सहयोगमा जानकी गाउँपालिका अध्यक्ष श्री गणेश चौधरी र जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल महतो समुपस्थितीमा श्री मोती माध्यमिक विद्यालय जानकी ७ मोतीनगर कैलालीलाइ १६ थान सिलिङ पंखा उक्त बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पदम गरिलाई हस्तान्तरण गरेका हुन।