मुग्लिन नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा

Deurali Darshan Media
Deurali Darshan Media 12 Views 0 Min Read

बुटवल : शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पाैने ६ बजेपछि सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए