भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु ।

Deurali Darshan Media
Deurali Darshan Media 23 Views 2 Min Read

बर्दगोरिया : कैलाली जिल्ला बर्दगोरिया गाउँपालिकाले भूमिहीनहरूलाई लालपुर्जा वितरण शनिबार देखि सुरु गरेको छ ।आज शनिवार लालपुर्जा वितरण कार्यक्रमको सुरू गर्दै वडा नम्बर ३ का ३ जनालाई पुर्जा वितरण गरेको हो।

उक्त वडा नम्बर ३ मा पहिलो चरणमा रातो फारम भरेका मध्ये सरकारले उपलब्ध गराउने जग्गा नलिई आफूले उपभोग गरेको जग्गा मात्रै लिन चाहने उनीहरूलाई पुर्जा वितरण गरिएको गाउँ सरकार प्रमुख कर्ण बहादुर कुँवरले बताए । “रातो फारम भरेर सरकारी मापदण्डका आधारमा जग्गा लिन चाहनेहरूको व्यवस्थापन भूमि आयोग मार्फत सङ्घीय सरकारले गर्ला ।

तर आफूले उपभोग गरेको जग्गा मात्रै लिन्छौ भन्नेहरूको तत्काल पहिचान गरी आयोगलाई सिफारिस गर्ने काम भइरहेको छ । वडा नम्बर ३ मा त आज पुर्जा वितरण पनि गयौँ । यो वडामा इच्छुक अरुको पनि पहिचान गर्दै छौ । अन्य वडामा पनि यो काम सुरु हुँदै छ ।

नयाँ आर्थिक वर्षको सुरुवाती सँगै यो कामले थप गति लिन्छ ” उनले भने । पुर्जा पाउनेमा वडा नम्बर ३ का राम बहादुर नेपाली, नन्दकला खत्री, गौरी दमाई, मिलन ओली, अम्मर बहादुर विश्वकर्मा र रमा देवी विश्वकर्मा छन् ।

उनीहरूलाई नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पुर्जा दिएकी हुन । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जग्गा धनी बन्ने जनताको सपना बारम्बार आयोग मै सीमित बन्ने देखिएकाले यस पटक यो अभियानलाई सफल बनाउने गरी आफू काममा लागेको बताइन ।