
काठमाडौ :-वैदेशिक रोजगारीबाट नेपाल फर्किएका स्याङ्जाका छविलाल भण्डारी (दमु दाइ) ले दुई नभई आफूले चार ओटा फोन ल्याएको पाइएको छ । नेपाल फर्कंदा वैदेशिक रोजगारीबाट ल्याएको मोबाइलमा धेरै कर लिएको आरोप लगाउँदै फेसबुकमा स्ट्याटस लेखे ।
विमान स्थलमा दुई ओटा मोबाइल सेटका लागि ४४ हजार रुपैयाँ तिर्नुपरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल उनी आफैंले यो कुरा स्वीकार गरेका हुन् ।

उनले फेसबुकमा पोस्ट गरेको फोटोमा एउटा प्रयोग भएको फोन (आईफोन १२ प्रो म्याक्स) र अर्को नयाँ फोन (आईफोन १४ प्रो म्याक्स) को रशिद रहेको थियो । जसका लागि भण्डारीले कूल ४४ हजार ७३४ रुपैयाँ भुक्तानी गरेको देखिन्थ्यो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवासँग सरकारले गैरकानुनी रुपमा कर लिएको भन्दै सरकार र भन्सार प्रशासनलाई गाली गरिएको पोष्टमा उनका सर्मथक र शुभेच्छुकले पनि गाली गरेका छन् ।
उनले आइतबार अर्को एक पोस्ट राख्दै हराएको भनिएको सामान जापानबाट नेपाल फर्किएका व्यक्तिकोमा पुगेको उल्लेख गरेका छन् ।
यस विषयमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले भने, “हामीले पनि सामाजिक सञ्जालमा त्यो पोस्ट देखेका थियौं । उहाँले सुविधा स्वरूप दुई ओटा फोन निःशुल्क ल्याउन पाउनु भएको छ । अतिरिक्त फोनका लागि नियमअनुसार हामीले शुल्क लिएका हौं ।”
