रुपन्देही १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ रुपन्देहीमा १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ

Deurali Darshan Media
Deurali Darshan Media 24 Views 2 Min Read

बुटवल :- रुपन्देहीको सुद्धोधन गाउपालिकामा मानपकीडीमा १० बर्षिया बालिका बलत्कार आरोपमा एक बृद्ध पक्राउ परेका छन्।

सुद्धोधन गाउपालिका वडा नं ५ का शिव भारतीलाई सुक्रवार सांझ बालिका बलत्कार गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।

घर आसपासमा खेल्दै गरेकी बालिकालाई दिउसो ४ बजे आसपास जबरजस्ती करणी गरेको भएपनि बालिकाकी आमाले राती ८ बजे मात्रै प्रहरीमा खवर गरेकी थिईन्।

पिडित बालिकाकी आमाले मौखिक जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दयानगरले राती करिव ९ बजे आसपास ६५ बर्षिय भारतीलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष भरत बिकले बालिका बलत्कार गरेको भन्ने अभिभावकको उजुरी पछि भारतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए।

हाे हामीले बालिकाकी आमाले छोरी माथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि उनलाई सुक्रवार राती नै उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं प्रहरी प्रमुख बिकले भने।

प्रकाउ परेका आरोपी भारतीलाई छोडनका लागि दवाव समेत दिन थालिएको पिडित बालिकाका आफन्तले बताएका छन्।

घटना

केही होईन सामान्य हो भन्दिनु भनेर दवाव आई रहेको छ त्यसैले वहाहरु घर छोडेर आफन्तकोमा गएर बस्नु भएको छ पिडितका छिमेकीले भने।

पिडित बालिका र उनकी आमा अहिले बुटवलमा आफन्तकोमा बसेका छन्

सुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे आफुले जानकारी पाएको बताउदै आफुले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए।

जिल्ला

प्रहरी प्रवक्ता श्यामु अर्यालले एक जना महिलाले घटना सामान्य हो भनेर फोन बताए। एकजनाले घटना सामान्य हो म बालिकाको आमा हुं भनेर फोन गर्नु भएको थियो त्यो बाहेक अन्य कसैले आरोपीलाई छोडनु पर्यो भन्नु भएको छैन उनले भने।

अघिल्लो दिन ठाडो निवेदन दिएकी आमाले घटना सामान्य हो भनेर फोन गरेकोले पनि कसैले उनलाई मुद्धा दर्ता नगर्न दवाव दिएको हुन सक्ने देखिन्छ।

जिल्ला प्रहरी प्रमुख बिकले आरोपीलाई छोडनका लागि कसैले दवाव दिएर छोडन नमिल्ने बताए। आरोपी माथी अनुसन्धान भई रहेको छ अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउला बिकले भने।