बझाङ दुर्घटनामा घाईते भएका मन्त्री सिहको उपचारका क्रममा निधन

Deurali Darshan Media
Deurali Darshan Media 12 Views 1 Min Read

कन्चनपुर :- बझाङमा मंगलबार भएको दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । बझाङमा सडक दुर्घटनामा परि गम्भीर घाइते भएका मन्त्री सिंहलाई  उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो ।

उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः ३३ बजे निधन भएको हो ।मन्त्री सिंहसँगै घाइते भएका सवारी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि कोहलपुर लगिएको थियो ।

बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले दिएकाे जानकारी  अनुसार दिउँसो बझाङमा भएको सडक दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सवार गाडी मंगलबार दिउँसो पौने २ बजे बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको हो।