
ललितपुर । रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे दोस्रो अधिवेशन भव्यताका साथ आज सम्पन्न भएको छ । रानाभाट / भाट समाज नेपालका केन्द्रीय महा – सचिव शंकर रानाभाटकाे प्रमुख आतिथ्य र विक्रम रानाभाटकाे सभापतित्वमा उक्त अधिवेशन सम्पन्न गरिएको हो। उक्त कार्यक्रमकाे विशिष्ट अतिथिमा रानाभाट / भाट समाज नेपालका केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाट रहेकोे थिए, भने अतिथिहरुमा वाग्मती प्रदेशका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष बलराम रानाभाट, कोषाध्यक्ष हरिश्चन्द्र रानाभाट, सह – कोषाध्यक्ष राजेन्द्र रानाभाट, सचिव गणेश रानाभाट, सह – सचिव प्रलाद रानाभाट, सदस्य सविता रानाभाट, सल्लाहकार ओमकुमारी बञ्जारा रानाभाट, पत्रकार निराज रानाभाट लगायत रहेका थिए । साथै उक्त अधिवेशन कार्यक्रममा विभिन्न जिल्लाका पदाधिकारीहरुकाे समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी, उक्त अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शंकर रानाभाट र विशिष्ट अतिथि ताराबहादुर रानाभाटले पान्समा बत्ती बालेर र कार्यक्रममा उपस्थित सम्पूर्णले राष्ट्रिय गान गाएर गरिएको थियो । उक्त अधिवेशनमा ललितपुर जिल्लाको तर्फबाट विक्रम रानाभाटले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमको प्रमुख अतिथि शंकर रानाभाट, अतिथिहरु कृष्ण रानाभाट, ताराबहादुर रानाभाट, ओमकुमारी बञ्जारा रानाभाट लगायतले शुभ – कामना मन्तव्य राखेका थिए । यसैगरी, दोस्रो अधिवेशनबाट कविता रानाभाटको अध्यक्षतामा नव – निर्वाचित कार्य समिति गठन भएको छ । अध्यक्षमा कविता रानाभाट, उपाध्यक्षमा हिरा रानाभाट, सचिवमा प्रकाश रानाभाट, कोषाध्यक्षमा विक्रम रानाभाट, सदस्यहरुमा राम रानाभाट, वासुदेव रानाभाट, भरत रानाभाट, भिमसेन रानाभाट र दिपेन्द्र रानाभाट निर्वाचित भएका छन् ।

त्यस्तै, अधिवेशनमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई रानाभाट / भाट समाज नेपालका केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाटले सपथ ग्रहण गराएका थिए, भने केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाटले अबिर र कृष्ण रानाभाट लगायत अन्य अतिथिहरुले नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई खादा लगाइदिएर बधाई तथा शुभ – कामना समेत व्यक्त गरेका थिए । उक्त दोस्रो अधिवेशन ललितपुरको गोदावरी नगरपालिका -६, रानागाउँमा गरिएको थियो ।
