
सुदीप ज्ञवाली :-गुल्मीको छत्रकोटमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा छत्रकोटमा संचालित ३७ वटा विद्यालयका ३७ जना प्रध्यानाध्यापकहरुको सहभागिता रहेको लगाएतको उपस्थित रहेकाे थियो । कार्यक्रममा उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख टिकाराम आचार्य लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले पालिकाका विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आवश्यक सामाग्रीहरु प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभएको थियो।कार्यक्रममा सहभागीहरु मध्यबाट जन ज्योति माध्यमिक विद्यालय पल्लिकोटका प्र.अ जित बहादुर रजालिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै सरस्वती आधारभुत विद्यालयका प्र.अ थम्मम घिमिरेले आफुले सिकेका कुरा व्यवहारमा लागु गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो।जेठ २८ गते देखी संचालित उक्त कार्यक्रममा छत्रकोट गाउँपालिकाका आइटी अफिसर भूषण भुसाल, रुरु क्षेत्र गाउँपालिकाका आइटी अप्रेटर दामोदर ज्ञवाली, अप्रेटर गणेश सिंजालिले सहजीकरण गर्नुभएको थियो।
युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले संचालन गर्नु भएको कार्यक्रममा सहभागीहरुलाई अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले टीका र प्रमाणपत्र प्रदान गर्नु भएको थियो।कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख आचार्यले विद्यालयको प्रशासकको रूपमा रहेका प्र.अ को गुणस्तर सुधार गर्न नसके कहिँ पनि सुधार हुन नसक्ने जिकिर गर्नुभएको थियो।
