
सुदीप ज्ञवाली :-टण्डन समाज नेपालको प्रथम साधरण सभा तथा प्रथम अधिबेशन गत शनिवार जेठ २७ गते बुटवल रुपन्देहीमा सम्पन्न भएको छ ।
टण्डन समाज नेपालका अध्यक्ष यम बहादुर टण्डनकाे सभापतित्वमा भएको कार्यक्रमा, सि .टि.भि.टि का निबर्तमन अध्यक्ष डा. जय बहादुर टण्डनकाे प्रमुख आतिथ्यतामा,ग्रीन सिटि हस्पिटल काठमाडौका सन्चालक लोक बहादुर टण्डनकाे आतिथ्थतामा कार्यक्रम भएकाे थियाे।

कार्यक्रममा बोल्दै डा. टण्डनले पुर्खाको इतिहास , धर्म , सस्कृती हामिले जोगाउनु पर्ने र हामी पछिका पुस्तालाइ पनि टण्डन नेपालमा कसरी स्थापित भयो र यस्को महत्त्व बारे बुझाउनु पर्ने आबस्यक्ता रहेको बताउनुभएको थियो ।
अधिबेशनको उद्घाटन समारोह पश्चात भएको बन्दसत्रबाट अध्यक्ष यम बहादुर टण्डन अध्यक्षमा निर्विरोध चयन हुनुभएकाे छ। उपाध्यक्ष साबित्रा टण्डन, सचिब बिजय बिक्रम टण्डन , कोषाध्यक्ष काजिमान टण्डन, सह-सचिब बिकास टण्डन सदस्यहरुमा कृष्ण कुमारी टण्डन , सुमित्रा टण्डन , ताम बहादुर टण्डन , ढग बहादुर टण्डन लगायत ९ सदस्य निर्वाचित हुनुभएकाे छ।
कार्यक्रममा बोल्दै अध्यक्ष यम बहादुर टण्डनले टण्डन समाजले इतिहास जोगाउनुका साथै समाज सेवामा पनि निरन्तर अगि बढने बताउनुभएको थियो ।समाजले अधिबेशनकै अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा बुद्दिजिबी , समाजसेबि, पत्रकार लगाएतको उपस्थिति थियो भने कार्यक्रम सन्चालन सचिब बिजय बिक्रम टण्डनले गर्नुभएको थियो ।
