
निराज रानाभाट, काठमाडौं : ‘ विश्व रक्तदाता दिवस २०२३ ’ को अवसरमा आज काठमाडौं महानगरपालिका -२७, स्थित एनडिएस क्याफेमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड र ब्लड डोर्नस सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा आज हिमाल आरोही आङकाजि शेर्पा र नियमित रक्तदाता ( ७४ पटक ) रक्तदान गरेका मोहन अधिकारी र रक्तदाता अमृता लामालाई संस्थाले सम्मान गरिएको छ।
माउन्ट मकालु र धौलागिरीको उचाईमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको लोगो अङ्कित झण्डा फहाराइएको अवस्थामा रक्तदानको महत्व र युवाहरुलाई प्रोत्साहन गर्न सो कार्य गरिएको कार्यक्रम संयोजक ल्याक्पा शेर्पाले जानकारी गराए।रक्तदाता तथा रक्दाता उत्प्रेणा दिन – रात खट्ने माेहन अधिकारी विद्यालय तथा कलेजहरूमा रक्तदानको महत्वलाई विद्यार्थीहरु माझ पुर्याउन सफल भएका छन, साथै रक्तदान क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइयो ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय सचिव राजिब श्रेष्ठले जानकारी गराए।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित रक्तदाता उत्प्रेरणा, रक्तदान अभियान्ता मोहन अधिकारीलाई सम्मान गर्न पाउँदा धेरै नै खुसी भएको लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष समेत रहेका लायन राजिब श्रेष्ठले जानकारी गराए। साथै युवाहरुलाई रक्तदान क्षेत्रमा हौसलाबाट दिन मोहन अधिकारी जस्ता सामाजिक अभियान्ताहरुको ठूलो योगदान पुगेकाे पनि उनले कार्यक्रममा जानकारी गराएका थिए।
विगतको दिनमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको सहकार्यमा मुगुको रारामा पनि रक्तदान गरिएको क्लबका सचिव विजय तामाङले जानकारी गराएका थिए।त्यसैगरी, ब्लड डोर्नर्स एसोसिएसन नेपाल काठमाडौं जिल्लाका अध्यक्ष जनक कुमार खड्काको प्रमुख अतित्थमा सम्पन्न सो कार्यक्रममा आफ्नो अनुभवहरु युवाहरु माझ साटो र रक्तदान गर्न हौसला समेत दिएका थिए।
त्यस्तै, लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका उपाध्यक्ष
तथा कार्यक्रम सभापतित्व राजेन्द्र महर्जनले लायन्स क्लब अफ काठमाडौं ब्लडहुडले विगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराए। ब्लड डोर्नस सोसाइटी नेपालको केन्द्रीय सदस्य समेत रहेका महर्जन विगतको दिनमा झै आगामी दिनमा रक्तदान क्षेत्रमा यी २ वटा संस्थाले सहकार्य गरी अघि बढ्ने कुरा उक्त कार्यक्रममा जानकारी गराएका थिए ।
सो कार्यक्रममा हाम्रो टिम नेपालका संयोजक उमेश बोहोरा, ब्लड डोर्नस सोसाइटी नेपालका सदस्य निराज रानाभाट, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका उपाध्यक्ष लायन् जे .बी. अधिकारी, संस्थापक सदस्य ज्वलिता श्रेष्ठ, सुरु मिश्र साथै रजत एण्ड कम्पनीबाट योगेन्द्र महर्जन र सबिन महर्जनको उपस्थित रहेको थियो।
सो सम्मान कार्यक्रम पश्चात रक्तदान कार्यक्रम पनि गरिएको थियो, भने रक्तदान कार्यक्रम ब्लड डोनर्स सोसाइटी नेपाल र लायन्स क्लब अफ काठमाण्डू ब्लड हुडको सहकार्यमा ‘ रक्तदान कार्यक्रम ’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १ जना महिला तथा ६ जना पुरुष रक्तदाताहरुले रक्तदान गरेका छन् । जम्मा ७ जनाले रक्तदान गरेको सो कार्यक्रममा विभिन्न संघसंस्थाबाट प्रतिनिधि तथा स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
