ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 15 Views 1 Min Read

निराज रानाभाट, चितवन :- ‘ विश्व रक्तदाता दिवस – २०२३ ’ को अवसरमा आज ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई विभिन्न संघसंस्थाहरुको सहकार्यमा चितवनको भरतपुर महानगरपालिका -१०, क्याम्पस गेटमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय उपाध्यक्ष सन्तोस शाह, केन्द्रीय महा – सचिव अन्जन दवाडी, केन्द्रीय सदस्य रमन वाग्ले र केन्द्रीय सदस्य सुरेन्द्र धितालकाे उपस्थिति रहेको थियो ।

त्यसैगरी, योगदान राष्ट्रको लागि संस्थाको अध्यक्ष एक राज बुर्लाकोटी, सोच परिवर्तन नेपालको अध्यक्ष शिव राज कंडेल, भी ग्रुपका संस्थापक विपिन कंडेल, हेल्थ फर हेपिनेसका संस्थापक अध्यक्ष नवीन तिवारी, वे ग्रुप नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहयोगी संघसंस्थाहरु सजिलो फार्मेसी, मुकुन्दसेन फार्मेसी, योजल फार्मेसी, स्वर्णिम ट्रेडिङ कन्सर्न, यस यस हेल्थ केयर सप्लायर्स र भी ग्रुपको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ।

यसैगरी, उक्त कार्यक्रममा २३ जना पुरुष तथा १० जना महिला गरी जम्मा ३३ जनाले रक्तदान गरेका थिए । सबै रक्तदाता प्रति ब्लड डोनर्स सोसाइटी नेपालले आभार प्रकट गर्दै सम्पूर्ण रक्तदाताहरुलाई प्रमाण – पत्र समेत प्रदान गरेको थियो ।