प्युठान कार दुर्घटना हँदा ८ जनाको मृत्यु

Deurali Darshan Media
Deurali Darshan Media 15 Views 2 Min Read

प्युठान । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको छ ।

दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडकखण्डमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको हो । कार चालकसहित २ जना पुरुष, २ जना महिला र ४ जना बालबालिका गरी ८ जना सवार थिए ।

कार सडकको माथिल्लो घुम्तीबाट पल्टिएर तल्लो घुम्तीमा  झण्डै ५० मिटर तल खसेको थियाे । दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकामा घाईतेहरुलाई चिकित्सक डा. प्रतीक्षा मिश्रले आठै जनालाई निधन भएको पुष्टि गरेकि थिईन ।

यात्रुहरू दाङको नारायणपुरदेखि तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए  भनी   जिल्ला  प्रहरी कार्यलय प्युठानले जनाएकाे  छ । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युहुने ८ जनाको पहिचान खुलेको छ ।

दाङको मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय विकाश पोख्रेल रहेका छन् । यसैगरी, लमही नगरपालिका -५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका -७ का ४० वर्षीय गोविन्द शाह, निजको श्रीमती ३० वर्षीया राधा शाह र निजको ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ । १ जना बालकको पहिचान खुल्न बाँकी छ । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्काभेटरको मद्दतले उद्धारको काम भएको थियो ।