
भैरहवा:- रुपन्देही प्रहरी द्वारा भारत वाट नेपाल तर्फ भन्सार छलि गरी अवैध रुप मा भित्र्याउन लागेका विभिन्न ब्रान्ड को मोवाईल, युरिया मल र चामल गरि कुल बाह्र लाख बयसट्ठी हजार को समान वरामद बुटवल र लुम्बिनी वाट गरिएको बताएकाे छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरी टोली ले जेठ २३ गते बुटवल उप-महानगरपालिका-७ राजमार्ग चौराहा वाट विभिन्न ब्रान्ड का ३७ थान मोवाईल वरामद गरेको छ।वरामद गरिएको मोवाईल हरु आईफोन ३ थान, रेड्मी १५ थान, सामसुङ ८ थान,ओप्पो ४ थान,टेक्नो १ थान, इनफिनिक्स १ थान,पोको १ थान,नोकिया/लिनोभो २ थान र मोटो/भिभो २ थान गरि कुल ३७ थान मोवाईल वरामद गरिको बताएकाे छ।वरामद गरिएको मोवाईल को मुल्य आठ लाख तीस हजार अनुमान गरिएको छ।

त्यस्तै रुपन्देही प्रहरी ले जेठ २५ गते लुम्बिनी साँस्कृतिक नगरपालिका-३, खुनगाई मा सडक किनारा लुकाई छिपाई राखेको अवस्था मा युरिया मल ३४० वोरा र चामल ६४ वोरा वरामद गरेको र वरामद समान को मुल्य चार लाख वत्तिस हजार हुने अनुमान गरिएको छ।
रुपन्देही जिल्ला प्रहरी कार्यालय का प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामु अर्याल ले ‘वरामद गरिएको सम्पुर्ण समान स्थानिय मानिस हरु को रोहवर मा भैरहवा भंसार कार्यालय, रुपन्देही मा वुझाईएको ‘ जानकारी दिए ।
