बेलहिया नाकामा १०० रुपैयाँको सामानमा पनि भन्सार

Deurali Darshan Media
Deurali Darshan Media 447 Views 2 Min Read

बुटवल :- भारतीय बजारबाट आउने सामानमा भन्सार कडाइ गरिएको छ ।  तपाईहरुलाई सुन्दा आस्चय लाग्ला तर  अहिले भन्सार नाकामा रु १०० रुपियाको सामानमा भन्सार उठाउन लागिएको भन्सार कार्यालयले सूचना जरी गरिएकाे जनाएकाे छ ।

सिमावर्ती बजार र खुल्ला नाकाकाे कारण अबैध कराेवार निरुसाहित गर्न र चाेरी निकासी बाट भित्रीने हजारै समान काे चलखेल राेक्न भन्सारमा कडाई गरिएकाे प्रमुख भन्सार अधिकृत पाैडेलले जानकारी दिएका छन्।यसरी भन्सारमा कडाई गरिनु हास्यास्पद रहेकाे स्थानीयहरुकाे गुनासाे  छ।

विनाभन्सार सामान भित्र्याउंदा स्वदेशी बजार र राजस्व समेत प्रभाव देखिएकाे हुदा बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको भन्सार कार्यालयको जनाएकाे छ  ।  सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई रेक्न रुपन्देहीकाे  बेलहिया नाकामा १०० रूपैयांभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको भन्सार अधिकृत पाैडेल ले बताएका  छन्  ।

घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएकाे  भन्सार अधिकृत पाैडेल बताउनु हुन्छ। भन्सार कडा गरिएपछि नेपालीहरुले भने यसमा खासै चित्त बुझाएका छैनन् ।

‘देशमा ठुला कन्टेनर समेत मिलेमतोमा भन्सार कटाईन्छ । तर घरयासी प्रयोजनका लागि ल्याएको सामानमा अहिले भन्सार तिर्नुपर्छ भन्ने त्यति जायज होईन’ बेलहियामा किनमेलका लागि केहिदिन अघि  गएकी मणिग्राम निवासी गीता न्यौपानेले  भनिन् ।  बजार गर्न गएका तिलोत्तमा ८  निवासी रमण भण्डारीले पनि  भन्सारका कर्मचारीको मिलिमतोमा सम्पूर्ण सेटिंग र दुख दिने गरिएको बताएका छन् ।

बेलहियामा अहिले भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको  जनाएकाे छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका पनि बताएका छन्।

भैरहवा भन्सार कार्यालयका प्रमुख अधिकृत मनिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिराएर मात्र छाडिएको बताउ छन्  । भरतको सुनौली बजारमा गएर दैनिक २ करोड रूपैयांसम्मकाे  सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी गरेकाे  छ ।