वीरगंज भन्सार सिमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच कडाई

Deurali Darshan Media
Deurali Darshan Media 17 Views 2 Min Read

वीरगंज : सशस्त्र प्रहरी सिमा सुरुक्षा कार्यालय १३ नं. गण पर्सा वीरगंजले नेपाल भारत सिमा क्षेत्रमा व्यापक कडाई गरेको छ । नेपाल भारत खुल्ला सिमाना भएको कारण तस्करी फस्टायो भन्ने टिका टिप्पणी सहित समाचारहरु प्रकाशन भएपछि अहिले सशस्त्र प्रहरीले सिमा क्षेत्रमा व्यापक कडाई गरेको छ ।

सानोतिनो घरायसी सामान बाहेक पोके तस्करदेखि ठूलठूला तस्करहरुको कारोबार पूणर् रुपमा बन्द भएको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा प्रताबित गुल्म वीरगंजका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक प्रेम विष्टका अनुसार अहिले सिमा सुरक्षाको लागि गस्ती बढाइनुका साथै अवैध रुपमा नेपाल भित्र्याइने हरेक सामानहरुलाई नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्यलाई तिब्रता दिएका हुन् ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निर्देशनमा सिमा क्षेत्रमा हुने गरेको तस्करीलाई रोक्न चेकजाँचमा कडाई गरिएको हो ।

दिनहुँ अवैध रुपमा भित्रिने सामानहरु धमाधम पक्राउ पर्न थालेपछि तस्करहरु आफ्नो तस्करी कार्यलाई पूणर् रुपमा रोकेका छन् । वीरगंज भन्सार कार्यायलको मुख्य नाकाहुँदै आउने सानोदेखि ठूलो तस्करीको सामान पूणर् रुपमा रोकिएको छ । सिमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथ गस्ती छ । तराईमा बढ्दो ४३ डिग्रीको तापक्रममा पनि सशस्त्र प्रहरीका जवानहरु ड्युटीमा खटेर तस्करी कार्यलाई रोकेका छन् ।

विगत जस्तो साइकलमा, मोटरसाइकलमा बोरामा बाँधी ल्याउने अवैध सामानहरु एउटा पनि फेला पर्दैन् । वीरगंज भन्सारको मुख्य सडकमै विगतमा साइकलका साइकल तस्करीका सामानहरु लोड गरेर राखिएको तथा मुख्य नाका हुँदै वीरगंज भित्र्याएको देख्न पाइन्थ्यो तर अहिले त्यो सबै रोकिएको छ । यस क्षेत्रका सर्वसाधारणहरु घरायसी सामान मात्रै किनेर ल्याउन पाइरहेका छन्, त्यो पनि न्यून मात्रामा ।

पोके तस्कर, साइकल तस्कर देखि सम्पूणर् तस्करीहरु रोकिएको छ । सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरेसँगै टाङ्गा, टेम्पोमा लुकाएर ल्याइने मोटरपार्टस् जस्ता विभिन्न सामानहरु बरामद गर्न थालेपछि तस्करहरु आफ्नो कार्यलाई रोकेका छन् ।