लाईन गएपछि १० मिनेट बिचमै रोकियो लुम्विनी केवलकार

Deurali Darshan Media
Deurali Darshan Media 12 Views 2 Min Read

बुटवल । केहिदिन अघिबाट मात्रै सन्चालनमा आएको लुम्विनी केवलकार बिद्युत अवरुद्ध भएको बेला करीव १० मिनेट बिचमै रोकिएको छ।

बिहिवार दिउसो करिव साढे ३ बजे आसपास लाईन गएपछि एकैपटक १० मिनेट जति रोकिएको केवलकारको गोन्डुलामा रहेको तिलोत्तमाका मिन तिवारीले बताए।

हामी बसन्तपुर पुगेर फर्कदै थियौं अचानक हावा हुरी चल्यो त्यसपछि बिचमै रोकियो तिवारीले भने।

तिवारीका अनुसार उनीहरु १० मिनेट रोकिनु भन्दा अघि र पछि ५।६ पटक सम्म रोकिएको थियो। तिवारीले टिकटक मार्फत भिडियो सार्वजनिक गर्दै आफुहरुलाई डर लागेको उल्लेख गरेका छन्। उनले भनेका छन् लाईन गएको हो भने जेनेरेटर चलाउनु पथ्र्यो, सिस्टम ह्याङ भएको हो की केहो ध्यानआर्कषण गराउन चाहन्छु।

त्यसैगरी बिजु अफिसियल नामका टिकटक प्रयोगकर्ताले आफुहरु केवलकारमा अडकिदा निकै डरलागेको र त्रसित भएको भन्दै गोन्डुलाबाटै भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा भनेका छन् ६ पटक बन्दै भैसक्यो अहिले पनि १० मिनेट जति रोकिएको हामी अत्यन्तै डराएका छौ जोड संग हावाहुरी लाई रहेको छ।

लुम्विनी केवलकार प्रालिका कम्पनी सचिव गोकुल साउदले बिद्युत प्राधिकरणको लाईन अनियमित हुदा समस्या भएको बताए। बिद्युत लाईन गएपछि जेनेरेटर भएको ठाउमा गएर स्टार्ट गर्दा ५/६ मिनेट जति लागेको हो। बिद्युत लाईनमा भएको समस्या हो तर अनाबश्यक बढी हल्ला गरियो अव त्यस्तो समस्या दोहोरिन्न उनले भने।

जेठ १५ गते सोमवार गणतन्त्र दिवसका दिन पारेर बिशेष पुजाआजा गरि सुभारम्भ गरिएको बुटवलबाट बसन्तपुर जाने केवलकार यहि जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारीक उद्घाटन गर्ने तयारी भैरहेको छ।