
मकवानपुर । टिकौली जंगलमा एलपी ग्यास बोकेको ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ । त्यस्तै गरि स्कुटर पछाडि बस्ने एक जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ ।
नं.४ ख ६६७४ नम्बरको खाना पकाउँने एलपी ग्याँस बोकेको ट्रकको ठक्करबाट वागमती प्रदेश नं। ०३/००२ प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

मृत्युु हुनेमा भरतपुर महानगरपालिका ११ का बर्ष २० का सागर तमाङ्ग रहेका छन् । भने पछाडि बस्ने सोही ठाउँका बर्ष २० का बिसान्त ढकालको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
