१५ वर्षीया भतिजीमाथि ‘बलात्कार’ गर्ने बैतडीका काकालाई झ्यालखाना हालियो

Deurali Darshan Media
Deurali Darshan Media 29 Views 1 Min Read

महेन्द्रनगर :-बैतडीमा भतिजीमाथि बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई झ्यालखाना पठाइएको छ।भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको  हो।

जिल्ला अदालतको  आदेशमा चैत्र २१ गते बिहीवार  ती युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए।गत पुस १५ मा घटना भएपनि पीडितको  निवेदनपछि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो।पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरिसकेको छ।