मोटरसाइकल दुर्घटनामा झिमरुक शेरशुलभको मृत्यु

Deurali Darshan Media
Deurali Darshan Media 10 Views 1 Min Read

प्यूठान — सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका ४ बांगेफेदी निवासी २४ वर्षीय शेरशुलभ शाहको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

बुटवलबाट प्यूठान आउने क्रममा लु ५८ प ६१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए । टाउकोमा चोट लागेका शाहको उपचारको क्रममा मृत्यु भएको हो ।