तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना

Deurali Darshan Media
Deurali Darshan Media 15 Views 1 Min Read

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् ।आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए ।  शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

पटक-पटक तलबभत्ता माग गर्दा विद्यालय प्रशासले आलटाल गरिरहेको उनीहरुको गुनासो छ । लामो समयदेखि तलब नपाउँदा साधारण जीवनयापनमा समस्या भएको उनीहरू बताउँछन् ।पटक-पटक मागलाई बेवास्ता गदार्ब बाध्य भएर अनिश्चितकालीन धर्ना बस्नु परेको शिक्षक फुलगेन महतोले बताए ।

शिक्षक-कर्मचारीले वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापन पत्र बुझाएका थिए ।प्राधानाध्यापक केवटले केही शिक्षको तलब ११ महिनादेखि नपाएको स्वीकार गरे ।उनीहरुको माग सम्बोधन गर्न जनप्रतिनिधि र आन्दोलित शिक्षकसँग छलफल भइरहेको उनले बताए ।