
मृतकका बाबुको दाबी– शुल्क नतिर्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि छोराले आत्महत्या गर्यो
धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्णबहादुर सार्की गत वर्ष बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए । जसोतसो निको भए, तर शरीर चलाउन बैसाखीको सहारा चाहिने भयो । १९ वर्षीय जेठो छोरो जितबहादुरले गत बुधबार विष सेवन गरेर आत्महत्या गरेपछि कृष्णबहादुरको जिन्दगीको बैसाखी भाँचियो ।

भन्ने प्रश्नमा उनले विद्यालयमा जितबहादुरको उपस्थिति हुनुपर्ने हाजिरी नपुगेको कारण कोटामा नपरेको बताए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले घटनाको अनुसन्धान भइरहेको बताए । ‘मृतकका आफन्तले आत्महत्याको कारण के हो अनुसन्धान गरिदिनु भनेर उजुरी दिएका छन्,’ उनले भने, ‘उजुरी दर्ता गरेका छौँ । उजुरीमा विद्यालयको कारणले हो कि भनेर पनि उल्लेख गर्नुभएको छ । हामी अनुसन्धानकै क्रममा छौँ ।’
