
पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकल चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताए ।
गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका थिए ।प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

