थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

Deurali Darshan Media
Deurali Darshan Media 1.4k Views 0 Min Read

बुटवल :-पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।