पाल्पामा २१ वर्षे युवकद्वारा आत्महत्या

Deurali Darshan Media
Deurali Darshan Media 19 Views 1 Min Read

तानसेन । पाल्पामा एक २१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।जिल्लाको निस्दि गाउँपालिका-५ गेजा बस्ने धन बहादुर झेडीको छोरा वर्ष २१ को दिपिन झेडीले मंगलबार साँझ आत्महत्या गरेका हुन् ।उनले घरनजिकैको काब्रोको रुखमा प्लाष्टिकको नाम्लोको डोरीको पासो लगाई झुण्डिएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।

झेडी मंगलबार बेलुका ७:४५ बजे मृत अवस्थामा रहेको भनि जानकारी पाएपछि प्रहरी चौकी रुक्सेभन्ज्याङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाइएको जनाइएको छ ।