
बुटवल :- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो ।
तिलोत्तमा नगरपालीका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल, वडा नं ४ का वडा अध्यक्ष हरि वहादुर क्षेत्री, वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक, नेपाल सरकार का पुर्ब उपसचिव देबेन्द बहादुर कार्की , वडा नं २ का सदस्य डोल बहादुर के.सि ,नेपाल सरकार का पुर्ब उपसचिव देबेन्द बहादुर कार्की ,निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि को विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गुल्मी चारपला- रुपन्देही सम्पर्क समाज वाड नं ७ का संयोजक राजेश केसीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडेलले सम्पर्क समाजका हरेक सामाजिक कार्यमा वडाले सदैब साथ र सहयोग रहने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी खाणले संस्थालाई तिलोत्तमा नगरपालिकामा गर्ने हरेक कार्यक्रममा सहयोग गर्ने र संस्थालाई जग्गा प्रदान गर्नको लागि सहजिकरण गर्ने उल्लेख गर्नुभएको थियो साथै उहाँले समाजले यो संगै सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको प्रती खुशी व्यक्त गर्दै समाजका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।
वनभोज संगसंगै घैटो फोड , सियोमा धागो छिराउने , चियर रेस , तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम संयोजक काजीमान टण्डनले बताउनुभयो । घैटों फोड प्रतियोगीतामा संस्थाका आजीवन सदस्य भानु खत्री प्रथम हुनु भएको थियो ।सियो धागो छिराउने खेलमा प्रथम धन बहादुर थापाको जोडी, दृतिय राजेश के सीको जोड़ी, चियर रेस खेलमा प्रथम समुन्द्र थापा र द्वितिय अनु मगर हुनु भएको थियो। चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा खेल संयोजक ढवल वहादुर कार्की रहनु भएको थियो ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक नारायण विपि परियार , विष्णु श्रिपाली लगायत स्थानिय तथा राष्ट्रिय कलाकार हरु को बेजोड प्रस्तुती का साथ सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गर्दै पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना के.सि ले थप रमाइलो प्रदान गरेका थिए।
कार्यक्रममा समाजका आजीवन सदस्य सहित ४ सय जना बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समाजका सचिव विकास टण्डनले गर्नु भएको थियो।
