
गुल्मी दरबार ।राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्तय अायोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी दरवार गाउपालिका गुल्मी जिल्लाका १२ स्थानिय तह मध्ये चौथो स्थानीय तह बन्न सफल भएको छ भने नेपालका ७५३ स्थाननिय तह मध्ये गुल्मी दरवार गाउपालिका ३० औ स्थानमा पर्न सफल भएको छ । गुल्मी जिल्ला का १२ स्थानिय तह मध्ये ७१.४८% अङक सहित गुल्मी दरवार अहिले चौथो बनेको गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन नतिजा सार्वजनिक गरेकोमा गुल्मी दरवार गाउपालिका चौथो स्थानीय तह बन्न सफल भएको हो।आयोगले सार्वजनिक गरेको नतिजामा गुल्मी दरवार गाउपालिकाले ७१.४८% अंक प्राप्त गर्दै गुल्मी जिल्लाको चौथो नेपालका ७५३ स्थानीय तह मध्ये ३० औ स्थान मा पर्न सफल भएको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।

बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूंजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था, पारदर्शिता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मूख्य सूचकको मूल्याङ्कन तथा परीक्षण गरी ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको थियोे ।
स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबाट प्राप्त हुने नतिजालाई वित्त आयोगले संघीय संचित कोष र प्रदेश संचित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादनको आधारमा उपलब्ध गराईने अनुदान सिफारिसको लागि उपयोग गर्दछ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनका आधारमा गुल्मी जिल्लाका अन्य स्थानीय तहहरूमध्ये गुल्मी दरवार नगरपालिकाले ७१.४८% अंक प्राप्त गर्दै चौथो भएको हो । गुल्मी दरवार गाउपालिका मा प्रमुख प्रशासकिय अधिकृतको रुपमा लक्ष्मण पान्डे अाएपछि सुशासन पार्दसिता कायम गर्दै गाउपालिका भित्र मुस्कान सहितको छिटोछरितो सेवा सुरु गरेपछि स्थानिय जनता हरु हर्सित छन ।
प्रशासकीय अधिकृत पान्डे दरवार गाउपालिका बासि स्थानिय बासिन्दा भित्र लोकप्रिय हुनुन्छ भने जनप्रतिनिधि र कर्मचारी को बिचमा सुमधुर सम्बन्ध ल्याई सिहदरबारको बास्तबिकअधिकार गाउँमा गऐको जन्ताले प्रतक्ष्य अनुभव गर्ने गरि काम गर्ने कुसल क्षमताबाहान प्रशासकीय अधिकृत हुन ।
साभार गैतमबुद्ध सन्देश
