दुर्घटनामा गम्भीर घाइते भएका गुल्मीका २० वर्षीय धर्म बहादुरको निधन

Deurali Darshan Media
Deurali Darshan Media 24 Views 1 Min Read

गुल्मी : भारतको हरियाणा राज्यको पंचकुलामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका २० वर्षीय युवक काका बहादुर उर्फ धर्म बहादुर कुमालको चंडिगढको पिजीआईमा उपचारको दौरानमा निधन भएको छ ।

जोमेटोमा कार्यरत काका बहादुरलाई गत २९ जनवरी २०२३ को राति मोटरसाइकलमा खाना डेलीवरी दिन जाँदै गर्दा सेक्टर ६/७ को डिवाइडिङ रोडमा पछाडिबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएको थियो । एचआर ०५एक्यू२३२६ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई तत्काल पंचकुलाको सरकारी अस्पतालमा पुर्याइएको थियो।

सरकारी अस्पतालमा काका बहादुरको गम्भीर हालत देखेपछि उनलाई पिजीआई चन्डिगढ रिफर गरिएको परिवारले बताएका छन् । उनलाई पिजीआई चंडिगढ को भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । फरवरी ५ का दिन काका बहादुरको निधन भएपछि परिवार शोकमा डुबेको छ ।

मृतक गुल्मी जिल्ला ईस्मा गाउपालिका वार्ड नम्बर २ हुलाके सिल्तुङ निवासी भीम बहादुर कुमालका छोरा हुन् । काका बहादुर मकान नम्बर २११७ मनिमाजरा पिपलीवाला टाउन चंडिगढमा आमाबुबासँगै बस्दै आएका थिए।