स्वर्गीय बसन्त सामतकाे परिवारलाई नेपाली टिकटक हर्ट ग्रुपदृरा सहयाेग हस्तान्तरण

Deurali Darshan Media
Deurali Darshan Media 33 Views 1 Min Read

प्युठान :-  नेपाली टिकटक हर्ट ग्रुपका अध्यक्ष डिल्लीराज पराजुलिकाे नेतृत्वमा जम्मा गरिएकाे करिब ५० हजारकाे सामाग्री घरमै पुगेर हस्तान्तरण गरिएको जनाएकाे छ ।झिमरुक गाउँपालिका-३ का स्वर्गीय बसन्त सामतकाे परिवारलाई सहयाेग जुटने काम निरन्तर चलिरहेकाे पनि सस्थाका अध्यक्ष पराजुलीले जानकारी दिनुभएकाे छ  ।

 

बसन्त  सामनतकाे माघ १ गते गौमुखि मेला हेर्न जाने क्रममा भिरबाट लडेर ज्यान गएको थियो ।उनकाे कान्छाे छाेरा धन बहादुर सामतकाे नाममा सिटिजन बैंकमा १ लाख ७५ हजार रुपैया जम्मा भएकाे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलले जानकारि गराउनुभयो ।