
बुटवल । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रूपन्देहीमा समानान्तर समिति गठन भएको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै सक्रिय भएको नेविसंघमा समानान्तर समिति गठन भएको हो ।
तीन दिनअघि मात्रै केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ रूपन्देहीको अध्यक्षमा सन्दीप पाण्डेलाई नियुक्त गरेका थिए ।संस्थापन पक्षले एकलौटी रूपमा निर्णय गरेको भन्दै बिहीबार बुटवलमा भएको संस्थापन इतर समूहको बैठकले समानन्तर समिति गठन गरेको हो ।

संस्थापन इतर समूहको भेलाले शम्शेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरूमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, दीपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कँडेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पंगेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रस्ठ, राजन थापा, विधान खाती, निरज श्रेष्ठलगायत सदस्य रहेका छन् ।
